काठमाडौं, ५ वैशाख ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लागूऔषध खैरो हेरोइन मुद्दामा फरार प्रतिवादी लामा आज पक्राउ परेका हुन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएकाे जानकारी अनुसार लामा काठमाडौंबाट पक्राउ परेका हुन् ।
खैरो हेरोइन बिक्रीमा संलग्न लामालाई तत्कालिन पुनरावेदन अदालत पाटनले २०६४ जेठमा पाँच वर्षको कैद सजाय सुनाएको थियो ।
दावालाई उच्च अदालत पाटनले २०६४ जेठ २० गते दोषी ठहर गरेको थियो । लामालाई पाँच वर्ष कैद र पाँच हजार जरिवाना तोकिएको थियो । लामा सजाय भुक्तान नगरी फरार थिए ।