बाँकेको एक हर्बल उद्योगमा आगलागी – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

बाँकेको एक हर्बल उद्योगमा आगलागी

    मा प्रकाशित

बाँके, ६ वैशाख ।
बाँकेको एक हर्बल उद्योगमा आगलागी भएको छ। आज बिहीबार बिहान ७ बजेतिर जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ६ स्थित बाहुबली हर्बल प्रालिमा आगलागी भएको बाँके प्रहरीले जनाएको हो।

उद्योगको बाहिर सल्लाको काठ थुपारिएको गोदाममा आगलागी भएको छ । एदोगको मुख्य गोदाम भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
अहिले आगो निभाउने काम भइरहेको उनले बताए।

आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ। आगो निभाउन बाँके र बर्दियाका ११ वटा दमकल प्रयोग गरिएको र भारतबाट पनि दमकल ल्याइएको प्रहरीले जानकारी दिएको छ । विद्युत सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय क्षति भएको छैन र आगलागी नियन्त्रणमा आएपछि भौतिक क्षतिको विवरण थाहा हुने प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्