समाजसँगै जाेडिने छ लायन्स : गभर्नर श्रेष्ठ – Kanika Khabar
Tuesday, May 21Nepali News Portal

समाजसँगै जाेडिने छ लायन्स : गभर्नर श्रेष्ठ

    मा प्रकाशित

दाङ, १९ वैशाख ।

लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ N काे डिस्ट्रिक गभर्नरमा लायन पिएमजेएफ विनाेदकुमार श्रेष्ठले लायन्स समाजसँगै जाेडिएर अगाडि बढ्ने बताएका छन् । लायन्स क्लब अफ दाङ राजविद्याले आयाेजना गरेकाे स्वागत तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गभर्नर श्रेष्ठले समाजका हरेक क्षेत्रसँग जाेडिएर लायन्स अगाडि बढ्ने बताएका हुन् ।

कार्यक्रमलाई सम्बाेधन गर्दै गभर्नर श्रेष्ठले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन तथा संस्कृतिका पक्षमा लायन्स जाेडिने बताएका छन् । गभर्नर श्रेष्ठले भने, `विगतका कार्यक्रमलाई निरन्तरता दिंदै अझ केही पृथक् र महत्त्वपूर्ण कार्यक्रम अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु ।´

कार्यक्रममा डिस्ट्रक ३२५ एनका क्याविनेट सेक्रेटरीमा टीकाजंग बिक र क्याविनेट ट्रेजरमा धनेश्वर आचार्यले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा लायन्स क्लब अफ दाङ राजविद्याका निवर्तमान अध्यक्ष आदिम केसी, क्लबका प्रथम उपाध्यक्ष गणेश केसीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा क्लबका सदस्य ममता पुनले राष्ट्रिय ध्वजाकाे अभिवादन गराएकी थिइन् ।

क्लबका अध्यक्ष शारदा सिजवालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सहजीकरण सचिव गणेशप्रताप पुनले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्