देउवा–नेपाल भेटपछि शीर्ष नेतासँग छलफलमा देउवा, सत्ता गठबन्धनमा तरङ्ग – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

देउवा–नेपाल भेटपछि शीर्ष नेतासँग छलफलमा देउवा, सत्ता गठबन्धनमा तरङ्ग

    मा प्रकाशित

काठमाडौँ, ६ वैशाख ।
प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका समापति शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बुधबार राती भेटवार्ता भएको छ। रातको समयमा भएको यो भेटले सत्ता समीकरणमा तरङ्ग ल्याइदिएको छ। किनकी यो भेटलाई राजनीतिक वृत्तमा निकै महत्वपूर्ण अर्थमा हेरिएको छ । मुलुका पूर्व प्रधानमन्त्री यी दुई नेताबीचको भेटमा सत्ता फेरबदलका विषयमा गम्भीर छलफल भएको स्रोत बताएको छ ।

काठमाडौं गोल्फुटारस्थित काङ्ग्रेसका नेताको घरमा भएको भेटघाटमा प्रदेश सरकार गठनमा दुई नेताबीच छलफल भएको हो। सुदूरपश्चिममा एमालेले नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अस्वीकार गरेपछि नेपालले देउवासँग भेट गरेको बुझिएको छ।

स्रोतका अनुसार वैकल्पिक गठबन्धन बनाएर पहिला प्रदेशका सरकारहरु बनाउने विषयमा छलफल भएको छ। काङ्ग्रेस र एकीकृत समाजवादी मिलेको अवस्थामा बागमती, सुदूरपश्चिम र मधेश प्रदेशमा सरकार बनाउन सकिने विषयमा समेत छलफल भएको बताइएको छ।

त्यस्तै एकीकृत समाजवादीले अहिलेको सत्ता समीकरण छोडेमा जसपालाई पनि बाहिर ल्याउन सकिने आँकलन गरिएको छ । मधेस प्रदेशको सरकार संकटमा पर्ने वित्तिकै जसपाले केन्द्रको समीकरण छोड्ने विश्लेषण गरिएको छ।

नेता नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक पटक धोका दिएको भन्दै वैकल्पिक गठबन्धनमा जान आफु तयार भएको देउवालाई विश्वस्त पारेको स्रोतले बताएको छ।

एकीकृत समाजवादीले मात्र समीकरण छोड्दैमा केन्द्रमा असर नपरे पनि जसपाले समेत छोडेमा भने प्रचण्ड सरकार अल्पमतमा पर्ने देखिन्छ। देउवाले पनि पहिला एकीकृत समाजवादीलाई तयार गरेर जसपासँग कुरा गर्ने रणनीतिमा रहेको बुझिएको छ।

प्रचण्ड नेतृत्वको सरकारलाई अल्पमतमा पार्न एकीकृत समाजवादीसँगै जसपा समेत बाहिरिनु पर्दछ। प्रतिनिधिसभामा जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद छन्। पछिल्लो पटक फागुन ३० गते विश्वासको मत पाउदा प्रचण्डले १५७ मत पाएका थिए। त्यस आधारमा २२ मत कम हुदा उनी १३५ मतसहित अल्पमतमा पर्ने छन्।

हिजो राती नेकपा एसका अध्यक्ष नेपालसँग भेट गरेपछि आज काङ्ग्रेस सभापति देउवाले पार्टीका शीर्ष नेताहरुसँग छलफल थालेका छन्् । पछिल्लो अवस्थामा राजनीतिमा देखिएको अस्थिरताका विषयमा नयाँ रणनीति बनाउन पार्टीका शीर्ष नेताहरुसँग सभापति देउवा छलफलमा जुटेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्