लुम्बिनी प्रदेशमा सरकार बिस्तार – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

लुम्बिनी प्रदेशमा सरकार बिस्तार

    मा प्रकाशित

दाङ, ६ वैशाख ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन् ।

मुख्यमन्त्री महराले एमालेबाट ४ जना नागरीक उन्मुक्ती र स्वन्त्रबाट एक एक जना गरी ६ जना विना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।

एमालेका भूमिश्वर ढकाल, रत्नबहादुर खत्री, र अर्जुन कुमार केसी रहेका छन् भने नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी र स्वतन्त्रबाट निर्वाचित खड्ग बस्नेत विना विभागीय मन्त्रीमा नियुक्त भएका छन् ।

मुख्यमन्त्री महराले यसअघि नियुक्त भएका ३ जना विना विभागिय मन्त्रीहरु चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, दिपेन्द्र कुमार पुन मगरलाई स्वास्थ्य मन्त्रायल र भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

आज विस्तार गरिएको मन्त्रीमण्डालसँगै लुम्बिनी प्रदेशसरकार १० सदस्यीय पुगेको छ । आज नियुक्त भएका विना विभागिय मन्त्रीहरुको सफथ ग्रहण आजै गराउने तयारी छ । साना दलहरुले भने आजको मन्त्रीमण्डल नियुक्तिमा असन्तुष्टि जनाएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्