फिफा विश्वकप फुटबलको खेल तालिका सार्वजनिक – Kanika Khabar
Tuesday, March 18Nepali News Portal

फिफा विश्वकप फुटबलको खेल तालिका सार्वजनिक

    मा प्रकाशित

कनिका खबर
साउन १, दाङ ।
कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप फुटबल नोभेम्बर २१ बाट सुरु हुने भएको छ । फिफा विश्वकप कतारले हिजो खेल तालिका सार्वजनिक गर्दै नोभेम्बर २१ बाट विश्वकप सुरु हुने जनाएको छ । उद्घाटन खेल अल बयट स्टेडियममा हुनेछ । विश्वकपको फाइनल लुसेल स्टेडियममा डिसेम्बर १८ मा हुने जनाएको छ । समूह चरणको हरेक दिन ४ खेल हुनेछ । समूह चरणको खेल १२ दिनमा सकिने छ । विश्वकप फुटबलको २२ औं संस्करणमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । सन् २०२६ को विश्वकपमा भने ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्