नेपाल र कतारबिच भएका ८ बुँदे समझदारी यस्ता छन् – Kanika Khabar
Monday, May 6Nepali News Portal

नेपाल र कतारबिच भएका ८ बुँदे समझदारी यस्ता छन्

    मा प्रकाशित

काठमाडौं, १२ वैशाख ।

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर भएको छ ।

यस्ता छन् समझदारी

१. नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतारको संस्कृति मन्त्रालयबीच संस्कृति र कलाको क्षेत्रमा सहकार्यका लागि समझदारी ।

२. राष्ट्रिय समाचार समिति (रासस) र कतार समाचार एजेन्सी (क्युएनए) बीच सहयोग र समाचार आदानप्रदान सम्बन्धी सम्झौता ।

३. नेपाल सरकार र कतार सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र ।

४. नेपाल सरकार र कतार सरकारबीच युवा तथा खेलकुदको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र ।

५. महान्यायाधिवक्ताको कार्यालय र कतारको सार्वजनिक अभियोजन कार्यालयबीच सहकार्यका लागि समझदारी पत्र ।

६. नेपाल सरकारको परराष्ट्र मामिला अध्ययन संस्थान र कतारको परराष्ट्र मन्त्रालयको कूटनीतिक संस्थानबीच कूटनीतिक तालिम र शिक्षाको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र ।

७. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासंघबीच संयुक्त व्यापार परिषद् स्थापना गर्ने सम्झौता ।

८. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासंघबीचको समझदारी नवीकरण ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्