उपनिर्वाचन इलाम–२ : १६ उम्मेदवारको जमानत जफत – Kanika Khabar
Friday, May 17Nepali News Portal

उपनिर्वाचन इलाम–२ : १६ उम्मेदवारको जमानत जफत

    मा प्रकाशित

इलाम, १८ वैशाख ।

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा कूल १९ जना उम्मेदवार रहेकोमा १६ जनाको जमानत जफत भएको छ ।

निर्वाचन आयोगले आज सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित १६ दलको जमानत जफत भएको हो । रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत प्राप्त गरेका थिए । यस्तै, भाले चिह्न भएका मनिबहादुर लिम्बूले ८१६ मत प्राप्त गर्दा अन्य उम्मेदवार पाँचसय मत पनि कटाउन सकेनन् ।

जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर छन् ।

यस्तै, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राप्रपा नेपालका गणेशबहादुर चौहान र नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालको जमानत जफत भएको हो ।

जमानत जोगाउन सदर मतको १० प्रतिशत मत ल्याउनु आवश्यक पर्दछ । इलाम–२ मा भएको निर्वाचनमा सदर मत ६८ हजार ४७२ रहेको छ । यहाँ ६९ हजार ३७४ मत खसेको थियो । जसअनुसार जमानत जोगाउन उम्मेदरवालाई ६ हजार ८५० मत आवश्यक पर्दथ्यो ।

इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका छन् । यस्तै, तेस्रो स्थान हासिल गरेका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले ११ हजार ४५७ मत प्राप्त गरे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्