प्रकाशले ल्याए सचेतनाको गीत – Kanika Khabar
Thursday, April 25Nepali News Portal

प्रकाशले ल्याए सचेतनाको गीत

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख १७ दाङ ।
‘आँधी झेल्न जन्मेको मान्छे, आगो खेल्न जन्मेको हो मान्छे’ गीतकार प्रकाश केसीको शब्दमा गायक विष्णु अधिकारीको स्वरमा नयाँ गीत बजारमा आएको छ । मुलुकमा भइरहेको कोरोना महामारी र लकडाउनको अवसरलाई लक्षित गर्दै सम्पूर्ण जनताहरुलाई उर्जा थप्न यो गीत उपयोगी बन्ने देखिएको छ । चित्रकलामा आफूलाई समाहित गर्दै आएका संगीतकार ज्योतिप्रकाशको संगीत रहेको यो गीतलाई अधिकारीले स्वर दिएका हुन् ।
संगीत संयोजन एवं संगीत कम्पोजिसनमा ख्याति कमाएका अधिकारी राम्रा गायक हुन् तर बजारमा आफूलाई कमै देखाउने गर्छन् । तर यो लकडाउनको अवसरमा उनले जनमानसमा उर्जा थप्नका लागि पनि यो गीत बजारमा ल्याउन जरुरी ठानेको बताएका छन् । यस गीतको भिडियोमा कोरोनाले गर्दा भएको लकडाउनका फुटेजहरुलाई समावेश गर्दै निर्माण गरिएको छ । यो गीतको भिडियोलाई संगीतकार ज्योतिप्रकाशको यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्