मा प्रकाशित
कनिका खबर
साउन २, दाङ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुप्रतिक्षित स्थायी कमिटी बैठक ३ बजेसम्मका लागि स्थगित भएको छ ।
बैठक आज शुक्रबार विहान ११ बजेका लागि बोलाइएको थियो । अहिले अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तर अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको एक नेताले जानकारी दिए । आजको बैठकमा दुबै पक्ष आआफ्ना तर्कलाई बलियो रुपमा अगाडि बढाउने तयारीमा छन् ।