अहो! दिदी तपाई त कस्तो भाग्यमानी
तपाईंको बा आमा कस्तो बुद्धिमानी
तपाइले चालेका पाइला अनगिन्ति खुडकिलामा ठोकिई तर नरोक्किएर हिँडिरहेका छन्
एक्कासी जब सुने
अनि किन नानू भनी सोधेरु
बनाउदै चन्द्र जस्तो मुहार मलिन
मेरो उमेर बिहे गर्ने भयो र ! भनिन।
कल्ले भन्छर ?
उनी थप्छिन
यो वाल्यककालमा,
अरु जस्तै स्कुल गइ पढ्ने इच्छा मेरो
नफक्रिएको यो फूललाई, रङ्गमा रङ्गिन नहुँदै, सुवासको सुगन्ध नचढ्दै, मधुरसको मिठास बढ्दै
भन्छन् बा बिहे गर्ने उमेर भइसक्यो।
म एकछिन अकमक्किए !
उनी थप्छीन
बल्ल त बाह्र पुगेर तेह्र भए
गाको बैशाखमा
म ठुली भए रे,
मेरा परिवारको लागि ।
दिदी तपाईंको त सानैमा बिहे भएन हैर ?
कलम समात्ने यी काडाले चिथुरिएका मेरा हातका घाउहरु सुक्न नपाउदै, फर्सीको मन्टा निमुठेझै निमुठेर घरबाहिर पठाउने रे
म मौन रहे,
मुटु भक्कानियो
तै पनि सुनिरहे उनको कुरा
उनी थप्छिन
के गर्नु हामी त घर बाहिर जान हुन्न रे
स्कुल गए अरुसङ भाग्छ्म रे
बा, बाजे, दाइभाइको इज्जत जान्छ रे
अनि के हामी सजावटका सामग्री होरु
जस्ले चाह्यो तेस्ले लाने।
के हामी गाई वस्तु होर ?
जता लगायो त्यतै लाग्ने ।
के हामी भाडाकुडि होरु
जस्ले मन लाग्यो तेसैले प्रयोग गर्ने।
हामीले नि आफ्नो भविष्य ख्याल राख्छौँ नि
जामना का पुगिसक्यो,
तर मेरो ‘बा’ !
मेरो बा अन्धविश्वास रमाउनी
सस्कार हो रे सानैमा बिहे गरिदिनै पर्ने
दबाइ आफ्नो चाहाना,
भनेको मानिदिनु पर्ने
जसरी मेरि आमा र दिदीले माने
मान्नै पर्छ भनेको नत्र कहाँ जाने
बनी अनुत्तरित,
बहिनीको वेदनामा,
केही प्रतिक्रिया नजनाइ यहा सुने मात्र
कयौं छन् यहाँ बहिनी त केवल प्रतिनिधि पात्र