एसइई २०८० टपर आयुष्मा भन्छिन् : इच्छाशक्तिले लक्ष्यलाई नजिक, गन्तव्यलाई सहज बनाउँछ – Kanika Khabar
Saturday, July 12Nepali News Portal

एसइई २०८० टपर आयुष्मा भन्छिन् : इच्छाशक्तिले लक्ष्यलाई नजिक, गन्तव्यलाई सहज बनाउँछ

    मा प्रकाशित

एसइई २०८० को नतिजा सार्वजनिक भएपश्चात उत्तीर्ण विद्यार्थीहरु आफ्नो रुचि र लक्ष्य अनुसारको विषय पढ्ने तयारीमा रहेका छन् । उत्तीर्ण विद्यार्थीहरुले विभिन्न विद्यालयमा प्रवेश परीक्षा दिने तयारीमा जुटेका छन् । एसइई  २०८० मा दाङबाट सहभागी भएका विद्यार्थीहरु मध्ये  जिल्लाको घोराहीस्थित माउन्ट भ्यु इङ्लिस बोर्डिङ स्कुलकी छात्रा आयुष्मा घिमिरेले सर्वोत्कृष्ट नजिता लिएकी छन् । अक्षरारङ्कन पद्धति अनुसार ४ जिपिए प्राप्त गरेर उनी जिल्लाको मात्र नभई देशकै सर्वोत्कृष्ट नतिजा प्राप्त गर्नेको सूचिमा परेकी छिन्। कनिका खबरको टिमले सर्वोत्त्कृष्ट नतिजा प्राप्त गर्ने घिमिरेलाई तीन प्रश्न सोधेको छ । प्रस्तुत छ सर्वोत्कृष्ट नतिजाका लागि आवश्यक पठन शैली, वातावरण, पठन संस्कृति तथा भावी योजनाका बारेमा उनको विचार ।

४ जिपिए प्राप्तका लागि कस्तो पठन संस्कृति र पठन शैलीको आवश्यक रहन्छ ?

हामी विभिन्न मानिस, भिन्न background बाट आएर एउटै कक्षा काेठामा अध्ययन गर्छाैँ। हामी सबैको Thinking pattern फरक हुन्छ। पढाइलाई हेर्ने दृष्टिकोण फरक हुन्छ । त्यस्तै मैले पठनपाठन, शिक्षा, अध्ययनलाई हेर्ने Point of view फरक छ । मलाई पठनपाठन एउटा राम्रो अवसर जस्तो लाग्छ । हरेक दिन बिहानको दैनिकी सुरु मैले किताबलाई नछोइकन गरिन ।

मैले केवल जिपिएको लागि मात्र किताब समातिन । किताबमा रहेका विभिन्न ज्ञानका कुराले मलाई दिनप्रतिदिन जिज्ञासु बनाउथ्यो। पढाइ भनेको जबरजस्ती गर्न लगाएर गरिने काम होइन । पढाइमा विद्यार्थीको रुचि, ध्यान र मन सबै हुनुपर्छ । त्यसैले पढाइ जिपिएको आशाले मात्र हुनु हुदैन । तर यही जिपिए प्राप्तिका लागि नै पढ्ने हो भने पठन संस्कृ‌तिलाई र पठनशैलीको आवश्यकता भनेको विद्यार्थीको पढाइमा रहेको रुचि बढाउनुपर्छ । पठनपाठन शैली रोचक, आकर्षित र Practical बनाउनुपर्छ। पढाइलाई exam को result सम्म नभई जीवनभरि याद‌गार र कामलाग्दो बनाउनुपर्छ । यो त शिक्षकले गर्नुपर्ने काम हो तर अब रह्यो विद्यार्थीको काम । राम्रो जिपिए ल्याउनको लागि विद्यार्थीले Self Study लाई priority दिनुपर्छ । आफै सिक्न प्रयास गर्नुपर्छ। सहयोगका लागि शिक्षकको Guidance छदै छ। जब विद्यार्थीले आफै सिक्छ तब उसले गल्ती गर्छ गल्तीबाट पनि सिक्छ र independent learner बन्छ।

 सर्वोत्कृष्ट नतिजाका लागि पछिल्लो पुस्तालाई कसरी अध्ययन गर्ने सुझाव दिनुहुन्छ ?

सर्वाेत्कृष्ट नतिजा विद्यार्थीकाे लक्ष्य हुन आवश्यक छ । हामीमा हरेक कुरामा अब्बल हुने हुटहुटी रहेकाे हुन्छ नै । विद्यार्थीका लागि अझ पढाइमा कसरी अब्बल बन्ने र सर्वाेत्कृष्ट नतिजा प्राप्त गर्ने चाहना हुन जरूरी छ । इच्छाशक्तिले लक्ष्यलाई नजिक बनाउँछ, गन्तव्यलाई सहज बनाउँछ । लक्ष्य प्राप्ति गर्ने कार्यलाई मैले जहिले पनि प्राथमिकतामा राखेँ र सायद आज सफल पनि भएँ भन्ने लाग्दछ ।

म आफ्नो अनुभव आफ्ना भाइबहिनीलाई पनि केही भन्न चाहन्छु । जतिसक्नुहुन्छ त्यति आफै सिक्ने प्रयास गर्नुहोस, Independent learner बन्नुहोस । यसले तपाईंको आत्मविश्वास बढाउँछ र तपाईंलाई आत्मनिर्भर बनाउछ, responsiblity ले तपाईंलाई पढाइप्रति जिम्मेवारी देखाउँछ

 तपाईको भावी योजना के छ ?  कार्यान्वयनका लागि अध्ययनलाई कसरी अगाडि बढाउने सोंचमा हुनुहुन्छ ?

मेरो भावी योजना, जीवनमा नयाँ कुरा सिक्नु हो, कतिपय मानिसले भविष्यमा गर्ने पेसालाई योजना बनाउँछन् । तर मानिसको दिगो योजना भनेको सिक्नु सिकाउनु र अघि बढ्नु हुनुपर्छ । चाहे जुनसुकै पेसा, लक्ष्य, उद्देश्य होस् । र यही नै शिक्षाको मूल अर्थ हो।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्