साँफेबगर–मार्तडी सडक तत्काल सुचारु नहुने – Kanika Khabar
Friday, April 19Nepali News Portal

साँफेबगर–मार्तडी सडक तत्काल सुचारु नहुने

    मा प्रकाशित

कनिका खबर
साउन ३, काठमाडौं

साँफेबगर–मार्तडी सडक तत्काल सुचारु नहुने भएको छ । तत्कालका लागि पुरानै सडकलाई सामान्य मर्मत गरेर बाटो सुचारु गर्ने भनिए पनि थप सडक भासिएपछि तत्काल सञ्चालन नहुने भएको हो । सडक मर्मतका लागि सडक डिभिजन कार्यालय साँफेबगरले डोजर प्रयोग गरे पनि सडकको अवस्था सुधार्न नसकिएको सडक डिभिजन कार्यालय साफेबगरले जनाएको छ । बूढीगङ्गा नदीको कटान र लगातारको वर्षाका कारण पहिरो नरोकिँदा बाटो सुचारु गर्न थप समस्या देखिएको हो । द्धवारी, बल्दे क्षेत्रको करिब एक किलोमिटर सडक पहिराले भाँसिएको छ । बल्दे क्षेत्रबाट एक सय मिटर जति बाटो नयाँ कटान गरिए पनि द्धवारी क्षेत्रबाट थप पहिरो गएको छ भने अम्कोटको गाउँ तल पर्ने भागको सडकमा पनि पहिरो गएर सडक भासिएको छ । साता दिनभित्र अवरुद्ध बाटो सुचारु गर्ने गरी काम शुरुआत गरिए पनि सञ्चालनमा समस्या देखिएको डिभिजन कार्यालय प्रमुख ललिजन खनालले बताउनुभयो । निर्माण गरिएको एकतिरको सडकसमेत पहिरोमा भाँसिएपछि तत्काल सञ्चालन हुने अवस्था देखिएको छैन । सडक पहिरोले भाँसिएपछि दुईसाता देखि साँफेबगर–मार्तडी सडक पूर्णरुपमा बन्द भएको छ । सवारीसाधन मार्तडीबाट द्धवारी र तलबाट पनि बल्देसम्म मात्र आउने गरेका छन् । सडक अवरोध हुँदा पैदलयात्रा गर्न पनि निकै समस्या भएको छ । बूढीगङ्गा नगरपालिका एक अम्कोटमा ठूलो पहिरो खसेको छ । पैदलयात्रा लागिसमेत जङ्गलको बाटो हिँड्नुपर्ने अवस्था छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्