क्वारेन्टाइनमा बसेका महिलालाई स्वास्थ्य सामग्री वितरण – Kanika Khabar
Thursday, April 18Nepali News Portal

क्वारेन्टाइनमा बसेका महिलालाई स्वास्थ्य सामग्री वितरण

    मा प्रकाशित

कनिका खबर
साउन ४, दाङ ।
मेलम्ची नगरपालिकाले क्वारेन्टाइनमा बसेका महिला हरुको स्वास्थ्यलाई ध्यान दिदैं स्वास्थ्य सामग्री वितरण गरेको छ । आज मेलम्ची नगरपालिकाका उपप्रमुख भगवति नेपालले क्वारेन्टाईनमा बसेका महिलालाई परपल झोला अथवा स्वास्थ्य सुरक्षा सामग्री र प्याड वितरण गरेको जानकारी दिए । अन्य क्वारेन्टाइनहरुमा बसेका महिलाहरुले विभिन्न स्वास्थ्य समस्या भोग्न परेको र उनीहरुलाइ निकै समस्या भएको कुरा बाहिरा आउँदा मेलम्चीमा त्यस्तो हुन नदिन स्वास्थ्य सामग्री वितरण गरिएको उपप्रमुख नेपालले बताए ।
प्याड सहित स्वास्थ्य सुरक्षा सामाग्रि पाएपछि क्वारेन्टाइनमा बसेकाहरुले खुशि ब्यक्त गरेका छन् । “महिनावारी हुँदा निकै समस्या हुने गर्छ बजार जान मिलेन यस्तो कुरा कस्लाइ भन्ने अप्ठ्यारो भइरहको थियो नगरपालिकाले प्याड सहित आवश्यक सामाग्री दियो एकदमै खुशी लागेको छ ” क्वारेनटाइनमा बसिरहेकि एक महिलाले खुशि ब्यक्त गरे । अन्य ब्यबस्था कस्तो गरेको छ नि ?भन्ने प्रश्नमा ति महिलाले एकदमै राम्रो छ । खाना बस्न आनन्द छ सुरक्षित महसुस भइरहेको छ भन्दै नगरपालिकाको क्वारेनटाइनको समेत प्रशंसा गरेका थिए । अहिल २ महिला र १० पुरूष गरि क्वारेन्टाइनमा १२ जना रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्