संस्थागत विद्यालयलाई अनलाइन कक्षालाई निरन्तराता दिन सरकारको आग्रह – Kanika Khabar
Friday, January 23Nepali News Portal

संस्थागत विद्यालयलाई अनलाइन कक्षालाई निरन्तराता दिन सरकारको आग्रह

    मा प्रकाशित

कनिका खबर
साउन ४, दाङ ।
सरकारले आफ्ना समस्या सम्बोधन गर्न चासो नदिएको भन्दै संस्थागत विद्यालयहरुले अनलाइन कक्षा स्थगित गरेपछि सरकारले अनलाइन कक्षा सुचारु गर्न आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयको आर्थिकलगायतका माग सम्बोधनका लागि सरकार प्रयत्नशील रहेको बताउँदै अनलाइन कक्षालाई निरन्तरता दिन आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज आइतबार विज्ञप्ति जारी गरी निजी विद्यालयका मागका बारेमा सरोकार भएकासँग परामर्श गरी प्राप्त सुझावका आधारमा समस्याको ठोस समाधान गरिने र हालै सार्वजनिक मौद्रिक नीतिमा शिक्षा व्यवसायीलाई समेत कर्जाको भुक्तानीको म्याद थप कर्जाको पुनरतालिकीकरणको व्यवस्था गरिएको स्मरण गराइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्