मास्क सारथिको मास्क अभियान संस्था केन्द्रित हुँदै – Kanika Khabar
Friday, April 26Nepali News Portal

मास्क सारथिको मास्क अभियान संस्था केन्द्रित हुँदै

    मा प्रकाशित

कनिका खबर
साउन ५, दाङ ।


कोभिड १९ का कारण भएको बन्दाबन्दीमा मास्क अभियान चलाएका ‘मास्क सारथि’ वीरु खत्रीले पछिल्लो चरणमा मास्क वितरण कार्यक्रमलाई संस्था केन्द्रित गरेका छन् । मास्क सारथि खत्रीले बन्दाबन्दीको समयमा झोलाभरि मास्क बोकेर कोरानासँग लड्न ‘मेरो सानो सहयोग’ भन्दै मास्क वितरणको अभियानलाई तीब्र बनाएका छन् ।
फ्रन्टलाइनमा काम गर्ने वर्ग, सामाजिक अभियन्ता, राजनीतिक दलका नेता तथा कार्यकर्ता, व्यवसायीहरुलाई घरघरमै मास्क पु¥याउँदै आएका खत्री यतिबेला विभिन्न संस्थामा भेटिने गरेका छन् । पछिल्लो चरणमा खत्रीले नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका कर्मचारी, नारायणपुर उद्योग वाणिज्य संघका कर्मचारी, भरतपुर खानेपानी तथा उपभोक्ता समितिका कर्मचारी, दाङ जिल्ला उद्योग वाणिज्य संघका कर्मचारीहरुलाई मास्क वितरण गरेका छन् । त्यसैगरी नेपाल परिवार नियोजन दाङ शाखाका कर्मचारी, घोराही खानेपानी तथा सरसफाई संस्थाका कर्मचारी, रेडक्रसका कर्मचारी, ब्लड बैंकका कर्मचारीहरुलाई पनि मास्क वितरण गरिसकेका छन् ।
भरतपुर खानेपानी तथा उपभोक्ता समिति तत्काल नै बैठक बसी मास्क अभियन्तालाई धन्यवाद ज्ञापन गरेको छ । साथै अन्य संस्थाहरुले पनि मास्क सारथिले थालेको यो कार्यलाई पवित्र कार्यको संज्ञा दिदै आभार प्रकट गरेका छन् ।


घोराही खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष देबी बहादुर डिसीले यस्तो महामारीको बेला सचेतना जगाउँदै कोभिड १९ बाट बच्नका लागि प्रतीकात्मक रुपमा मास्क वितरण गर्दै हिँडेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए । साथै उपाध्यक्ष भरत पाण्डेले पनि आभार प्रकट गरेका थिए ।


अहिलेसम्म यो अभियान अन्तर्गत उनले ५ हजार बढी मास्क वितरण गरिसकेका छन् । यस अघि पनि उनले ओझेलमा परेका सरसफाइकर्मीलाई मास्क वितरण गरेर नमुना कार्य गरेका थिए । यतिबेला उनले मास्क वितरण अभियानलाई संस्था केन्द्रित बनाएका छन् । संस्था केन्द्रित बनाउनुको कारण बारे उनले भने, ‘कुनै पनि संस्थामा विभिन्न तहका मानिसको आवद्धता रहने गररेको हुन्छ । धनी गरिब सबैको आवद्धता संस्थामा रहन्छ । यसरी संस्थामा पुग्दा सबै तहका मानिसलाई एकै पटक प्रदान गर्न सकिने भएकाले संस्था केन्द्रित भएको हुँ ।’ साथै उनले थपे, ‘संस्थाका माध्यमबाट एकै पटक धेरैको घरमा पुग्न सकिन्छ, जस्तो कुनै संस्थामा २५ जना कर्मचारी रहेका छन् भने एकै पटक २५ घरमा पुग्न सकिने भयो ।’
यो अभियानलाई अझैं निरन्तरता दिने उनले बताए । यसरी मास्क वितरण गर्दै जान पाउँदा आफूले केही राम्रो काम गरेको महसुस भएको पनि उनले बताए । उनले भने, ‘यो अभियानमा मलाई मास्क उपलब्ध गराएर सहोग गर्ने, मेरो अभियानमा ऊर्जा थप्ने सबैप्रति आभारी छु ।’

यो पनि पढ्नुहोस्

‘मास्क सारथि’ वीरु फ्रन्टलाइनकै ओझेलका पात्रसँग

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्