मा प्रकाशित
काठमाडौं, ११ भदाै ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज मङ्गलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
आज दिउँसो एक बजे बस्ने प्रतिनिधि सभा बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएका हुन् ।
उनले संक्रमणकालीन न्याय र पछिल्लो राजनीतिक अवस्थाबारे पार्टीको धारणा राख्ने बताइएको छ।


