बामदेवलाई प्रधानमन्त्रीमा ओलीको प्रस्ताव – Kanika Khabar
Friday, March 29Nepali News Portal

बामदेवलाई प्रधानमन्त्रीमा ओलीको प्रस्ताव

    मा प्रकाशित

कनिका डेस्क
बैशाख १७ दाङ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा कोभिड १९ को महामारी सकिएपछि पार्टी उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेको स्रोतले बताएको छ । साथै पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने उनको प्रस्ताव छ ।

नेकपामा विवाद चर्किको बेला बुधबार सााझ बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको थियो । बैठकमा सुरुमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोल्न दिएका उनले बीचमा रोक्दै माधव र बामदेवबारे प्रस्ताव राखेका हुन् ।

अब कोरोनाको महामारीपछि आफूले प्रधानमन्त्री छाड्ने र उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरे । यसका लागि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुने गरी संविधान संशोधन गर्न वा प्रतिनिधिसभाको कुनै एक सिट खाली गरेर पनि ल्याउन आफू तयार रहेको उनले बताए । आज प्रधानमन्त्री कार्यालयमा भएको हस्ताक्षर सङ्कलन कार्यमा बामदेब गौतम आफू नगएर श्रीमती तुलसामार्फत ओलीलाई साथ दिने सन्देश पठाएको स्रोतले जनाएको थियो । साथै पार्टीमा तीन अध्यक्ष रहने व्यवस्था गरेर माधवकुमार नेपाललाई ल्याउने उनको प्रस्ताव थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्