बाढीका कारण गत २४ घण्टामा ६ जिल्लामा ७ जनाको मृत्यु – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

बाढीका कारण गत २४ घण्टामा ६ जिल्लामा ७ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन ६, दाङ ।
लगातारको वर्षापछि झरेको पहिरो, बाढीका कारण गत २४ घण्टामा ६ जिल्लामा ७ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा पहिरोबाट दार्चुलामा दुई जना, तनहुमा दुई जना र काठमाण्डौँको कागेशवरी मनोहरामा एक जना, तेह्रथुममा एक गरी पहिरो र बाढीमा परी ७ जनाको मृत्यु भएको गृह मन्त्रालय मातहतको आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार अहिलेसम्म गोरखामा एक जना र धादिङमा एक जना गरी दुइ जना वेपत्ता भएका छन् । अहिलेसम्म मुलकुभरका विभिन्न राजमार्गमा १५ भन्दा धेरै ठाउँमा पहिरो र बाढीका कारण आवतजावत बन्द रहेको छ ।
सडक विभागका अनुसार विभिन्न खोला र नदीमा बनेका विभिन्न पुलहरूमा पनि लगातारको वर्षापछिको बाढीले क्षति पुगेको छ । सडकहरूमा जताततै पहिरो खस्ने र नदीले कटान गर्ने क्रम बढेपछि सडक विभागले अत्यावश्यक काममाबाहेक राजमार्ग भएर यात्रा नगर्न अनुरोध गरेको छ । विभागले देशभर १ सय ९८ वटा मेसिन परिचालन गरेर सडक खुलाउने प्रयास भने गरिरहेको छ । सडक विभागका अनुसार काठमाडौं भित्रिने र बाहिरिने पृथ्वी राजमार्गको चितवन र धादिङ सीमानामा रहेको मोवाखोला पुलको छेउबाट खोलाले सडक कटान गरेको छ । पुल जोड्ने सडक नै कटान गरेर नदी बगेकाले त्यसलाई पुरानो अवस्थामा फर्काएर सडक मर्मतको काम गर्न समस्या भएको छ । नारायणगढ–मुग्लिन सडकको चारकिलो, कालीखोलामा पहिरो खस्दा सवारी आवागमन अवरुद्ध भएको छ । पुर्व पश्चिम राजमार्ग पनि ठाउँ, ठाउँमा अबरुद्ध भएको छ ।
विभागले नौबिसेबाट कृष्णभीरसम्मको बाटोका साना पहिरोहरु हटाएको छ । तर, त्यसभन्दा अघिको बाटोको पहिरो आज बिहानबाट हटाउन थालिएको छ । विभागका अनुसार त्रिभुवन राजपथमा भने ठूला पहिरो खसेका छैनन् । तीब्तको खासास्थित केरुङ छ्यो ताल फुट्ने अवस्थामा पुगेपछि सिन्धुपाल्चोकको भोटेकोशी आसपासका क्षेत्रमा सतर्कता अपनाउने स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्