क्यानले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा दरखास्त खोल्ने – Kanika Khabar
Sunday, April 20Nepali News Portal

क्यानले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा दरखास्त खोल्ने

    मा प्रकाशित

कनिका खबर
साउन ६, दाङ ।
नेपाल क्रिकेट संघ (क्यान) ले एक साताभित्र राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गर्ने भएको छ । क्यानको कार्यसम्पादन कमिटीको बैठकले रिक्त रहेको मुख्य प्रशिक्षक पदका लागि एक साता भित्र दरखास्त आह्वान गर्ने निर्णय गरेको हो । कमिटीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) सँग छलफल गरेर मुख्य प्रशिक्षकसहित महाप्रबन्धक, वित्तीय प्रबन्धक र व्यवस्थापकका लागि दरखास्त आह्वान गर्ने जनाएको छ ।

क्यानले पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राष्ट्रिय टिमको प्रशिक्षक छनोट गर्न लागेको हो । भारतीय प्रशिक्षक उमेश पटवालले राजीनामा दिएपछि लामो समयबाट नेपाली टिम प्रशिक्षक विहीन रहेको छ । कमिटीको बैठकले सात प्रदेशको लागि ७ जना प्रशिक्षकको लागि समेत दरखास्त आह्वान गर्ने निर्णय गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्