मसरुम कटेजको तीज अफर :दर खान आउनेलाई निशुल्क यातायात सुविधा – Kanika Khabar
Thursday, March 28Nepali News Portal

मसरुम कटेजको तीज अफर :दर खान आउनेलाई निशुल्क यातायात सुविधा

    मा प्रकाशित

कनिका खबर
साउन ८, दाङ ।
दाङमा अवस्थित मसरुम कटेजले तीज विशेष अफर सुरु गरेको छ । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा दर खान आउनेहरुका लागि विशेष अफर राखेको हो । घोराही उपमहानगरपालिका वडा नं .६, गुरुवागाउँमा रहेको मसरुम कटेजले दसजना भन्दाबढीको संंख्यामा तीजको दर खान चाहनेहरुलाई यातायातको व्यबस्था निशुल्क गरिदिने अफर ल्याएको छ । दस जना वा दसजना भन्दाको समूहमा दर खान जाँदा यातायातको सुविधा उपलब्ध गराउने कटेजका सञ्चालक केशवराज पाण्डेले बताएका छन् । उनले भने, ‘भरखरै लकडाउनको अन्त्य भए पनि अझै यातायात राम्रोसँग सञ्चालन नभएकाले दर खान आउनेहरुलाई सहज होस् भन्नका लागि यस्तो योजना ल्याइएको हो ।’

कटेज परिसरमा खुला ठाँउ भएको र नाचगान गर्दै तीजको दलखानका लागि सहज होस भनेर यस्तो योजना अगाडि सारिएको सञ्चालक पाण्डेले बताए ।

च्याउँका १० भन्दा बढी परिकार बनाउदै चर्चामा आएको र धेरैको मन जित्न सकेको सो कटेजले दर खान आउनेहरुलाई आफ्नै च्वाइस अनुसारका च्याउका परिकारसहित दर खुवाउने तयारी आफूले गरेको पनि उनले बताएका छ । साथै लोकल तथा बदिया कुखुरा पनि उपलब्ध रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्