कनिका खबर
साउन १०, दाङ ।
आजबाट लागु हुने गरी वीरगञ्ज महानगरपालिका क्षेत्रभर अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । वीरगञ्जमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि यस्तो निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार राजनीतिक दलहरुसँग छलफल गरेपछि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
निषेधाज्ञा जारी भएसँगै वीरगञ्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचारबाहेक अन्य काममा घर बाहिर निस्कन प्रतिबन्ध लागेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।