पूर्व डीआईजी कोइरालाको सजाय छुटका बारेमा आज सुनुवाइ हुने – Kanika Khabar
Friday, April 18Nepali News Portal

पूर्व डीआईजी कोइरालाको सजाय छुटका बारेमा आज सुनुवाइ हुने

    मा प्रकाशित

कनिका खबर
साउन ११, काठमाडौं
श्रीमती हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय ११ वर्ष घटाउने सर्वोच्चको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमाथि आज सुनुवाई हुनेभएको छ । सजाय कम गर्ने सर्वोच्चको फैसलाविरुद्ध महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेपछि त्यसको पेसी आजका लागि तोकिएको हो । सशस्त्र प्रहरीका पूर्व डीआइजी कोइरालाले श्रीमती गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।

जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले गरेको यसअघिको फैसलाउपर परेको पुनरावलोकन निवेदनमा अब तीन जना न्यायाधीशबाट सुनुवाई हुनेछ । संवैधानिक व्यवस्थाअनुसार पुनरावलोकनको व्यवस्था भएकाले यसबाट अन्तिम टुङ्गो नलाग्दासम्म कोइरालाको यो मुद्दा विचाराधीन बनेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्