मेलम्चीको १२ र १३ वडा जोड्ने पक्की पुल जोखिममा – Kanika Khabar
Sunday, April 20Nepali News Portal

मेलम्चीको १२ र १३ वडा जोड्ने पक्की पुल जोखिममा

    मा प्रकाशित

कनिका खबर
साउन ११, सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १२ र १३ जोडने सिन्धुखोलामा अवस्थित पक्की पुल जोखिममा परेको छ । बर्षाको पानिको बहाब बढे संगै खोलाको सतह बढ्दा पुलको जग खोलिएको छ । काठमाण्डौ मेलम्ची जोडने प्रमुख सडक मार्गमा पर्ने ५५ दशमलब ५० मिटरको पुल जोखिममा पर्दा वडा बासिहरुका साथै सवारि साधनका चालक र यात्रुहरुमा त्रास बढेको छ ।

कति बेला भत्कीन्छ र ठुलो जोखिम आईलाग्छ भन्ने चिन्ता प्रकट गर्दै स्थानियले सम्बधित निकाएलाई आउन सक्ने समस्या लाई मध्यनजर गर्दै बेलैमा ध्यान दिन अनुरोध गरेका छन् । पैदल यात्री हरुलाई होसियार भएर यात्रा गर्न अनुरोध गर्ने गरेको स्थानिय कन्चन ढुङ्गानाले जानकारि दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्