इलाममा एकैदिन ९ जनामा कोरोना सङ्क्रमण – Kanika Khabar
Saturday, April 27Nepali News Portal

इलाममा एकैदिन ९ जनामा कोरोना सङ्क्रमण

    मा प्रकाशित

कनिका खबर
साउन १२, इलाम
इलाममा कोरोना सङ्क्रमणको जोखिम उच्च भएको छ । जिल्लामा हिजो एकैदिन ९ जनामा कोरोना सङ्क्रमण देखिएको हो । सशस्त्र प्रहरीका ५ जना र नेपाल प्रहरीका १ जनामा सङ्क्रमण देखिएको छ । त्यस्तै क्वारेन्टाइनमा खटिएका इलाम नगरपालिकाका कर्मचारी १ जना र २ जना भारतबाट आई क्वारेन्टाइनमा रहेकाहरूमा पनि सङ्क्रमण देखिएको हो । इलाम नगरपालिका वार्ड नं. ६ का १ पुरुष र माइनगरपालिका ४ का १ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाकारी दिएको छ ।

सङ्क्रमण भएका नेपाल प्रहरीका हवल्दार क्वारेन्टाइनको सुरक्षार्थ खटिएका थिए । शसस्त्र प्रहरीको १ नम्बर गणमा कार्यरत शसस्त्र प्रहरीशरूमा समेत कोरोना पुष्टि भएको हो । सङ्क्रमण देखिएपछि शसस्त्रले गणमा सुरक्षा सर्तकता बडाएको जनाएको छ । जम्मा ५६ जनाको स्वाब सङ्कलन गरी परिक्षणका लागि विराटगर पठाइएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्