रौतहटको ऐतिहासिक शिवनगर महादेव मन्दिरमा तालाबन्दी – Kanika Khabar
Friday, May 1Nepali News Portal

रौतहटको ऐतिहासिक शिवनगर महादेव मन्दिरमा तालाबन्दी

    मा प्रकाशित

कनिका खबर
साउन १२, रौतहट
रौतहटको शिवनगरस्थित ऐतिहासिक महादेव मन्दिरमा तालाबन्दी गरिएको छ । रौतहट जिल्लामा रहेको प्रसिद्ध शिवनगर मन्दिर कोभिड–१९ को सङ्क्रमण समुदाय स्तरमा फैलिन नदिनका लागि मन्दिरको प्रवेशद्वार आज बिहान ५ बजेदेखि बन्द गरिएको हो ।

साउन महिनाको सोमवारका दिन दर्शन गर्न विभिन्न स्थानबाट भक्तजन श्रद्धालुहरु मन्दिर आउने भएकाले कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिने जोखिम हुने हुँदा मन्दीरमा ताला लगाइएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताउनुभयो । मन्दिरमा ताला लगाइएपनि बाहिर भने पूजा गर्नेहरुको भिड लागेको र बाहिर नै पूजना गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्