विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित भएकामध्ये एक करोडभन्दा बढी स्वस्थ – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित भएकामध्ये एक करोडभन्दा बढी स्वस्थ

    मा प्रकाशित

कनिका खबर
साउन १२, दाङ
विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमणपछि निको हुनेको संख्या एक करोड नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमणपछि निको हुनेको संख्या एक करोड ६४ हजार ६ सय ३४ पुगेको छ । पछिल्लो समय विश्वभर कोरोना सङ्क्रमणको दरमा तीव्रता आएपनि निको हुनेको दरपनि बढ्दै गएको विश्व स्वास्थ्य संगठनले बताएको छ । यस्तै हालसम्म विश्वभर कोरोना महामारीका कारण सङ्क्रमित हुनेको संख्या एक करोड ६४ लाख ४२ हजार ३ सय ३४ पुगेको छ । हालसम्म ६ लाख ५२ हजार ६ सय ५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्