अनावश्यक टिकाटिप्पणी नगर्न सर्वोच्चको आग्रह – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

अनावश्यक टिकाटिप्पणी नगर्न सर्वोच्चको आग्रह

    मा प्रकाशित

कनिका खबर
साउन १३, दाङ ।
पछिल्लो चरणमा सर्वोच्च अदालतको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको बेला सर्वोच्च अदालतले एक विज्ञप्ति जारी गरी विचाराधीन अवस्थामा रहेका मुद्दाका विषयलाई लिएर अनावश्यक टिकाटिप्पणी नगर्न आग्रह गरेको छ । विज्ञप्तिमा अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाको काम कारवाही र न्याय सम्पादन प्रक्रियामा प्रभाव पार्ने गरी समाचारको प्रवाह वा टीकाटिप्पणी नगर्न समेत अनुरोध गरिएको छ ।
सर्वोच्च अदालतमा प्रवक्ता भद्रकाली पोखरेलले हिजो सोमबार एक विज्ञप्ति जारी गरी न्यायपालिका आम नागरिकको आस्था, विश्वास र भरोसाबाट जीवन्त हुने संस्था भएको हुँदा काम कारवाहीका बारेमा भ्रम सिर्जना हुने गरी समाचार प्रवाह वा टीकाटिप्पणी नगर्न अनुरोधगरेका छन् ।
विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूर्णरुपमा प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्