रहेनन् काङ्ग्रेस नेता चैतु – Kanika Khabar
Sunday, April 27Nepali News Portal

रहेनन् काङ्ग्रेस नेता चैतु

    मा प्रकाशित

दाङ, २ वैशाख ।
नेपाली काङग्रेसका नेता तीर्थराज ज्ञवाली ‘चैतु’ को निधन भएको छ । प्रजातान्त्र स्थापनाका लागि भएको प्रजातान्त्रिक आन्दोलनका कमान्डर चैतुको आज मङ्गलबार बिहान उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

चैतु लामो समयदेखि रगत सङक्रमण सम्बन्धी रोगबाट ग्रसित रहेका थिए । उपचारकै क्रममा आज बिहान ९ः ४५ बजेतिर चैतुको निधन भएको उनका भाइ तथा नेपाली काङ्ग्रेस दाङका पूर्व जिल्ला सचिव ध्रुव ज्ञवालीले जानकारी दिए । चैत्रुको जन्म २००८ सालमा भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्