ओली र गौतमबीचको पारिवारिक भेटको संकेत – Kanika Khabar
Friday, April 26Nepali News Portal

ओली र गौतमबीचको पारिवारिक भेटको संकेत

    मा प्रकाशित

कनिका खबर
साउन १३,
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीचको भेटघाट सकिएको छ। प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यलाई लिएर गौतम निवास भैंसेपाटी पुगेका थिए।

गौतमसँगको भेट पारिवारिक रहेको प्रधानमन्त्री स्रोतको भनाइ छ। उपाध्यक्ष गौतमनिकट स्रोतले पनि यसलाई पारिवारिक भेट भनेको छ।

ुआजको भेटघाट बिल्कुलै पारिवारिक हो। दुई परिवारको भेटघाट मात्र हो,ु गौतमनिकट स्रोतले भन्यो, ुप्रधानमन्त्री झन्डै डेढ घन्टा बस्नुभएको थियो।ु

गौतम निवासमा भएको भेटमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए। उपाध्यक्ष गौतम र महासचिव पौडेल भैसेपाटीमा छिमेकी हुन्।

मंगलबार नै उपाध्यक्ष गौतमले सहमतिका लागि ६ बुँदे प्रस्ताव अघि सारेका थिए। स्रोतका अनुसार वामदेवले राखेको प्रस्तावमा ओली सकारात्मक देखिएका छन्।

यसअघि प्रधानमन्त्री ओलीले मंगलबारको स्थायी कमिटी बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु सँग सहमतिबिना नै स्थगित गरेका थिए। गौतमले आफ्नो प्रस्ताव ओलीइतर स्थायी कमिटी बैठकमा पनि राखेका थिए।

पार्टी एकता सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीका काममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुपर्दा पार्टी सचिवालयमा परामर्श गर्नुपर्ने गौतमको सुझाव छ।

उनले मन्त्रिपरिषद पुनर्गठनका प्रस्ताव पनि राखेका छन्।

‘पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने,’ गौतमले भनेका छन्, ‘संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नु पूर्व सचिवालयमा परामर्श लिने।’

साथै उनले प्रधानमन्त्री निवासमा पार्टीका बैठक नगर्न पनि सुझाव दिएका छन्। ‘अबदेखि पार्टीका बैठकहरू पार्टी कार्यालयमा आयोजना गर्ने,’ उनले भनेका छन्।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्