काठमाडौँ, २४ वैशाख ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)को कार्यालयमा अख्तियार छिरेको छ । अख्तिियार छिरेसँगै बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ विवादमा तानिएका छन् । अध्यक्ष श्रेष्ठले बिचौलियामार्फत साधारण सेयर (आईपीओ( निष्कासनको स्वीकृतिका लागि कमिसन मागेको आरोप लागेको छ ।
उक्त आरोपपछि सेबोनको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग छिरेको छ । बुधबार दिउँसो अख्तियारको टोली सेबोनको कार्यालय खुमलटार पुगेको स्रोतले बताएको छ ।
सेबोन स्रोतले नेपाल प्रेससँग भन्यो, ‘बुधबार दिउँसो अख्तियारको टोली सेबोनको कार्यालय आएको थियो । आईपीओमा कमिसन मागेको भन्दै आरोप लागेपछि टोली कार्यालय आएको हुनसक्छ ।’