दोस्रो सिजनको एनपिएलको मिनिअक्सन साउन २४ मा – Kanika Khabar
Tuesday, September 22Nepali News Portal

दोस्रो सिजनको एनपिएलको मिनिअक्सन साउन २४ मा

    मा प्रकाशित

काठमाडौँ, १० साउन।
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको अक्सन यही साउन २४ गते हुने भएको छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले आज शनिबार एक विज्ञप्ति जारी गर्दै अक्सनबारे जानकारी गराएको हो ।

क्यानका अनुसार, प्रतियोगिताका दोस्रो संस्करणको अक्सनका निम्ति कुल ४ सय ५८ खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् । क्यानले जुलाई १२ देखि २२ सम्म खेलाडी दर्ताको समयसीमा तोकेको थियो ।

प्रतियोगिताको दोस्रो संस्करण क्यानले आउँदो नोभेम्बरमा गर्ने वार्षिक क्यालेन्डरमा उल्लेख छ ।

दर्ता भएका सम्पूर्ण खेलाडीहरुको विवरण एनपिएलमा सहभागी ८ फ्रेञ्चाइज टोलीहरुलाई उपलब्ध गराइ प्राविधिक समितिले तयार गरेको मापदण्ड र फ्रेञ्चाईज टोलीले इच्छ्याएका खेलाडीको सूचीबाट अक्सनमा सहभागी हुने खेलाडीहरुको अन्तिम नामावली प्रकाशन गरिने क्यानको भनाइ छ।

क्यानले दोस्रो सिजनको एनपिएल आगामी नोभेम्बरमा गर्ने तयारी गरिरहेको छ।

NPL-Auction-Date-1753522716.jpeg

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्