अनिल झाले ब्युँताए सद्भावना पार्टी – Kanika Khabar
Tuesday, September 29Nepali News Portal

अनिल झाले ब्युँताए सद्भावना पार्टी

    मा प्रकाशित

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट राजीनामा दिएका अनिलकुमार झाले नेपाल सद्भावना पार्टी ब्युँताएका छन्। झाले लोसपा वरिष्ठ नेता र साधारण सदस्यसमेतबाट दिएको राजीनामा अध्यक्ष महन्थ ठाकुरले हालै स्वीकृत गरिदिएका थिए।

लोसपा छाडेपछि झाले आफ्नो पुरानो पार्टी नेपाल सद्भावना पार्टी ब्युँताएका हुन्। उनले सद्भावना पार्टी अद्याविधक गर्न निर्वाचन आयोगमा निवेदनसमेत दिएका थिए।

अनिलकुमार झा पहिले पनि नेपाल सद्भावना पार्टीका अध्यक्ष थिए। उनले उक्त पार्टी राष्ट्रिय जनता पार्टी (राजपा) मा मिसाएका थिए। तर राजपा धेरै चलेन। त्यसपछि उनी लोसपामा सक्रिय थिए।

पछिल्लो समय लोसपामा निस्क्रिय रहेका झाले लोसपा परित्याग गर्दै नेपाल सद्भावना पार्टी ब्युँताएका हुन्।
उनले आफ्नो थप रणनीतिबारे जानकारी दिन भोलि दिउँसो १ बजे पत्रकार सम्मेलन राखिएको पनि बताए।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्