एसिड अक्रमणकारीलाई कठोर दण्डसजाएको व्यवस्था गर्न निर्देशन – Kanika Khabar
Monday, November 17Nepali News Portal

एसिड अक्रमणकारीलाई कठोर दण्डसजाएको व्यवस्था गर्न निर्देशन

    मा प्रकाशित

कनिका खवर
साउन १९, दाङ
प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले एसिड आक्रमण गर्नेहरुलाई दिइने दण्डसजाय कम भएको निष्कर्ष निकालेको छ । समितिले आज एसिड आक्रमणका पीडित तथा सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गरेको समितिले दण्ड सजाय सम्बन्धी कानूनलाई समय सापेक्ष परिमार्जन गर्न निर्देशन दिएको हो । साथै एसिड आक्रमणका उजुरी तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउन पनि समितिले भनेको छ । समितिमा उपस्थित एसिड पीडित संगीता मगर, जेनी खड्का र मुस्कान खातुनले अहिलेको सजाय कम भएको बताएका थिए । कानूनअनुसार अनुहार नै कुरुप हुने गरी एसिड आक्रमण गरेको भए पाँचदेखि आठ वर्ष र अरुमा तीनदेखि पाँच वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । समितिले एसिड आक्रमणमा परेकाको उपचार, अध्ययनका लागि छात्रवृत्ति र सरकारी रोजगारीमा प्राथमिकता दिन समेत सरकारलाई निर्देशन दिएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्