विजया दशमीले नेपालीबीचको एकता र सद्भावलाई मजबुत बनाउँछ : सभापति बस्नेत – Kanika Khabar
Wednesday, September 16Nepali News Portal

विजया दशमीले नेपालीबीचको एकता र सद्भावलाई मजबुत बनाउँछ : सभापति बस्नेत

    मा प्रकाशित

दाङ । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २(२) का सभापति अभियान बस्नेतले विजयादशमी–२०८२ का अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् । उनले विजया दशमीलाई असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीक पर्वका रूपमा आत्मसात गर्न सबैलाई आह्वान गरेका छन् ।

बस्नेतले शुभकामना सन्देशमा भनेका छन्, “विजया दशमी नेपालीहरूको साझा महान् चाड हो, जसले सम्पूर्ण समाजलाई एकताको सूत्रमा बाँध्ने काम गर्दछ । प्रेम, भाइचारा र सहिष्णुताको आधारमा यो पर्वले हाम्रो सामाजिक सद्भावलाई अझ बलियो बनाउनेछ भन्ने मेरो विश्वास छ ।”

हिन्दू धर्मशास्त्रअनुसार विजया दशमीलाई रामायणमा रामले रावणमाथि प्राप्त गरेको विजय र देवी दुर्गाले महिषासुरमाथि हासिल गरेको विजयसँग जोडेर व्याख्या गरिन्छ । त्यसैले यस पर्वलाई असत्य, अन्याय र अधर्ममाथि सत्य, न्याय र धर्मको विजयको प्रतीकका रूपमा लिइन्छ ।

नेपालमा दशैंलाई राष्ट्रिय पर्वका रूपमा सबै धर्म, जातजाति र क्षेत्रका मानिसले समान उत्साहका साथ मनाउने परम्परा छ । टिका, जमरा र आशीर्वाद आदान–प्रदानको माध्यमबाट परिवार र आफन्तबीच आत्मीयता प्रगाढ पार्ने, समाजलाई एकता र सद्भावमा बाँध्ने यस पर्वको विशेषता रहेको बस्नेतले बताए ।

समाजमा विद्यमान निराशा, द्वन्द्व र नकारात्मक सोचलाई पराजित गर्दै सकारात्मक सोच, आपसी सहयोग र सहकार्यको वातावरण निर्माण गर्न विजया दशमीले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्दै उनले थपे, “हामी सबै नेपाली एकजुट भएर विकास र समृद्धिको यात्रामा अघि बढ्नुपर्छ । यस पर्वले प्रत्येक नेपाली परिवारमा शान्ति, खुशी र समृद्धि ल्याओस् भन्ने मेरो हार्दिक शुभकामना छ ।”

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्