भारतको अयोध्यामा राम मन्दीर स्थापना गर्नका लागि शिलान्यास – Kanika Khabar
Friday, May 1Nepali News Portal

भारतको अयोध्यामा राम मन्दीर स्थापना गर्नका लागि शिलान्यास

    मा प्रकाशित

कनिका खवर
साउन २१, दाङ
भारतको उत्तर प्रदेशमा अवस्थित अयोध्यामा आज राम मन्दीर स्थापना गर्नका लागि शिलान्यास गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज भव्य समारोहकाबीच मन्दीरको शिलान्यास गरेका छन् । वर्षौदेखि विवादीत बनेको अयोध्याको बाबरी मस्जिद भएको ठाउँमा गत वर्ष नोभेम्बरमा भारतको सर्वोच्च अदालतले राम मन्दीर भएको आदेश दिँदै मन्दीर निर्माण गर्न आदेश जारी गरेको थियो । बाबरी मस्जिदको गुम्बज भएको ठाउँमा आज भारतीय प्रधानमन्त्री मोदीले पाँच वटा चाँदीको ईटा ३२ सेकेन्ड भित्र राखेर शिलान्यास गरेका हुन् । अयोध्याको कारसेवक पुरममा बन्न लागेको मन्दीर सन् २०२४ सम्ममा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । मन्दीर शिलान्यासका लागि पूर्णिमाका दिनदेखि नै अनुष्ठान सुरु भएको थियो । राम मन्दीरको शिलान्यासमा विभिन्न क्षेत्रका धार्मीक गुरु, विभिन्न राजनीतिक दलका नेता, जनकपुरको जानकी मन्दीरका महन्थ लगायतलाई आमन्त्रण गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्