सहकारी सञ्जालद्वारा राहत काेषमा सहयाेग – Kanika Khabar
Thursday, March 28Nepali News Portal

सहकारी सञ्जालद्वारा राहत काेषमा सहयाेग

    मा प्रकाशित

दुःखहरण यादव

बैशाख २१, दाङ ।

गढवा गाउँपालिका स्तरीय सहकारी सञ्जालले गढवा गाउँपालिका को प्रकोप व्यवस्थापन कोषमा शुक्रबार सहयोग गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट बच्नको लागि सरकारले लागू गरेको लकडाउनको पालना गर्दै आएको दैनिक ज्याला मजदुरी काम गरी जीविकोपार्जन गर्ने गरिब बिपन्न तथा अति बिपन्न परिवारका उद्धार तथा राहतको लागि गढवा गाउँपालिकाले दोश्रो चरणमा राहत बितरणको लागि स्थापना गरेको कोषमा नगद ५० हजार १ सय ६६ रुपैया सहयोग गरेको गढवा गाउँपालिका स्तरीय सहकारी सञ्जालका अध्यक्ष अशोक कुमार यादवले बताए ।

गढवा गाउँपालिका स्तरीय सहकारी सञ्जालमा आवद्ध ४८ वटा सहकारी मध्ये ३२ वटा सहकारीले गढवा गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा ५० हजार बढी सहयोग गरेको छ ।

यस भन्दा पहिले सहकारी सञ्जालमा आवद्ध रहेको समानता सहकारी अर्को बचत सहकारी र साना किसान कृषि सहकारी संस्थाले क्रमश १ हजार ५ सय, ५० हजार ५५ रुपैयाँ र २५ हजार सहयोग गरेको थियो ।

यो राहत सहयोगसंगै सहकारीहरुको सञ्जालबाट कुल ९० हजार ७ सय २१ रुपैया प्रकोप व्यवस्थापन कोषमा सहयोग गरेको सहकारी सञ्जाल गढवाका सचिव बेगम गहतराजले बताए । राहत रकम बुझ्दै गढवा गाउँपालिकाको अध्यक्ष सहजराम यादवले संकटको घडीमा गढवा सहकारी संजालले राहत सहयोग गरेको कार्यको प्रशंसा तथा धन्यवाद ज्ञापन गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्