मेची अस्पताल भद्रपुरमा सुरु भयो कोरोना परीक्षण – Kanika Khabar
Friday, March 28Nepali News Portal

मेची अस्पताल भद्रपुरमा सुरु भयो कोरोना परीक्षण

    मा प्रकाशित

कनिका खबर
साउन २२, झापा
झापाको मेची अञ्चल अस्पताल भद्रपुरमा कोरोना भाईरस (कोभिड १९) को परीक्षण सुरु भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पिताम्बर ठाकुरले दिनुभएको जानकारी अनुसार हिजो (बुधबार) दिउँसो ३ बजे प्रयोगशालाको औपचारीक उद्घाटन गरिएको छ । बुधबारबाट गरिएको पीसीआर परीक्षणको नतिजालाई अन्य प्रयोगशालासँग क्रस चेक तथा भ्यालिडेशन गरिने मेसु ठाकुरले बताउनुभयो । अञ्चल अस्पताल भद्रपुरको आइसोलेशन कक्षमा रहेका कोरोना सङ्क्रमित मध्ये ५ जनाबाट हिजो स्वाब सङ्कलन गरि नमुना परीक्षण गरिएको छ । प्रयोगशालाबाट प्राप्त नतिजालाई क्रस भेरिफिकेशनका लागि कोशी अस्पताल विराटनगरको पीसीआर प्रयोगशाला पठाइएको छ । मेसु ठाकुरका अनुसार यो क्रम आजसम्म रहने छ । नतिजामा कुनै फरक नपरेमा भोली अर्थात् शुक्रबारबाट प्रयोगशालाले नियमित परीक्षण सुरु गर्नेछ ।

मेची अञ्चल अस्पतालको आइसोलेशन कक्षमा अहिले इलाम र झापाका गरी १७ जना कोरोना सङ्क्रमितको समेत उपचार भईरहेको छ । संघीय सरकारले घोषणा गरेको लामो समयसम्म समेत प्रयोगशाला सञ्चालन नभएको भन्दै गुनासो बढ्दै जाँदा प्रयोगशालाको परीक्षण औपचारीक रुपमा सुरु भएको हो । प्रयोगशालालले एक पटकमा कम्तिमा ९० वटा नमुना परीक्षण गर्ने र जसको लागि ३ देखि ४ घण्टाको समय लाग्ने बताइएको छ । प्रयोगशालालाई २ सिफ्टमा सञ्चालन गर्ने तयारी भइरहेको डा. ठाकुरले जानकारी दिनुभयो । ३ जना चिकित्सक सहित सुरु भएको प्रयोगशालामा ८ जना स्वास्थ्यकर्मीहरूको टोली रहने गरीको तयारी भइरहेको ठाकुरको भनाइ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्