भोलिसम्म वर्षाको सम्भावना – Kanika Khabar
Thursday, May 15Nepali News Portal

भोलिसम्म वर्षाको सम्भावना

    मा प्रकाशित

कनिका खबर
साउन २६, काठमाडौं
आज दिनभर वर्षा हुने अनुमान मौसमविद्ले गरेकाछन् । यो क्रम भोलिसम्म चल्नेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको असर नेपालमा देखिएकाले हिजोदेखि वर्षाको क्रम अलि बढेको हो । भोलिसम्म वर्षाको मात्रा अलि बढ्ने सम्भावना देखिएको छ । देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महााशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्