१७ घर र पुल पहिरोको उच्च जोखिममा – Kanika Khabar
Friday, April 19Nepali News Portal

१७ घर र पुल पहिरोको उच्च जोखिममा

    मा प्रकाशित

कनिका खबर
साउन २६, नुवाकोट
अविरल वर्षातसँगै आएको बाढीपहिरोले नुवाकोटका विभिन्न स्थानमा क्षति पुगेको छ । वाढी तथा पहिरोले कतिपय घर भत्किएर बस्न नहुने वनाइदिएको छ भने घर तथा पुल जोखिममा परेको छ । विदुर नगरपालिका वडा नम्बर १० को गेर्खुखोलामा रहेको एक घर पुरेको छ भने १० घर उच्च जोखिममा रहेका छन् । पात्ले खोलाबाट आएको बाढीले गेर्खु खोलाका स्थानीय रामहरि धमलाको घर पुरेको छ । क्षतिको थप विवरण संकलन गर्ने कार्य भइरहेको र उनीहरुलाई उचित स्थानमा सार्ने कार्य भइरहेको विदुर नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष गणेशकुमार नेपालले जानकारी दिनुभयो । घटनाबारे प्रहरीलाई समेत जानकारी गराइएको र प्रहरीले क्षतिको विवरण लिने कार्य गरिरहेको वडा सदस्य विष्णु प्याकुरेलले जानकारी दिनुभयो । बाढी र पहिरोले जोखिम बनाएको स्थानका पीडितलाई सुरक्षित स्थानमा राखिएको वडा सदस्य प्याकुरेलले बताउनुभयो । बाढी र पहिरोले रोपिएको धान खेतमा समेत क्षति पु¥याएको छ । धान खेतको क्षतिको विवरण संकलन कार्यसमेत भइरहेको वडा कार्यालयले जनाएको छ । अविरल वर्षासँगै आएको बाढीले नुवाकोटका अन्य स्थानमा समेत क्षति पु¥याएको छ । विदुर नगरपालिका ६ स्थित खहरे खोलामा आएको बाढीले कृषि सडकको पुल जोखिममा परेको छ । बाढीले पुलसँगैका घरमा पनि जोखिम बढाएको स्थानीयको गुनासो छ । बाढी पस्दा स्थानीयको खेत बगाएको छ । वाढी पहिराले सोहि स्थानका चार घर जोखिममा परेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्