रुकुम पश्चिमको सदरमुकाममा भदौ २ गतेसम्म निषेधाज्ञा – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

रुकुम पश्चिमको सदरमुकाममा भदौ २ गतेसम्म निषेधाज्ञा

    मा प्रकाशित

कनिका खबर
साउन २७ रुकुम पश्चिम ।
कोरोना सङ्क्रमण बढ्दै जान थालेपछि रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिकाको खलङ्गा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न भन्दै बुधबार बिहान ४ बजेदेखि भदौ २ गतेसम्म सदरमुकामको खलङ्गामा निषेधाज्ञा गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले मङ्गलबार सार्वजनिक सुचना निकालेर सदरमुकामको खलङ्गा बजार क्षेत्रमा निषेधाज्ञा गरिएको जनाएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्लेदेखि खलङ्गा बजार हुँदै शीतलपोखरी चोकसम्म र पिपलनेटादेखि सेरीगाउँ हुँदै वडा नम्बर ६ को कार्यालयभित्रको क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्