राष्ट्रिय फुटबल टिमको प्रशिक्षण स्थगित भएसँगै उपत्यका भित्रिएका खेलाडीलाई घर फर्किदै – Kanika Khabar
Friday, April 18Nepali News Portal

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण स्थगित भएसँगै उपत्यका भित्रिएका खेलाडीलाई घर फर्किदै

    मा प्रकाशित

कनिका खबर
साउन २९, दाङ
राष्ट्रिय फुटबल टिमको प्रशिक्षण स्थगित भएसँगै उपत्यका भित्रिएका खेलाडीलाई घर फर्किदै राष्ट्रिय फुटबल टिमको प्रशिक्षण स्थगित भएसँगै उपत्यका भित्रिएका खेलाडीलाई घर फर्किदै छन् । फिफा विश्वकप छनोट र एसियन कप छनोटका लागि प्रशिक्षणमा बोलाईएका उपत्यका बाहिरका खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले गृहजिल्ला पु¥याईदिने भएको छ । भदौ १ गतेबाट तय भएको प्रशिक्षण एन्फाले अनिश्चित समय सम्मका लागि स्थगित गरेको छ । राष्ट्रिय फुटबल टिमका ब्यवस्थापक मधुसुदन उपाध्यायले खेलाडीलाई लिएर एन्फाको गाडी पूर्व निस्किएको बताउनुभयो । एन्फाले प्रशिक्षण सुरु गर्ने भन्दै खेलाडीलाई उपत्यका बोलाएको थियो । उपत्यकाबाट आउने खेलाडीलाई होटेलको क्वारेन्टिनमा समेत राखेका थियो । तर, एसियाली फुटबल महासंघ (एएफसी) ले छनोटका सम्पूर्ण खेलहरु २०२१ सम्मका लागि र कतारमा हुने फिफा विश्वकप २०२२ छनोट खेल अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्