यो मन – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

यो मन

    मा प्रकाशित

यो मन
कर्कलाको कलकलाउँदो पातमाथि
टिलपिल टिलपिल गर्ने
एक थोपा पानी जस्तो
नाजुक, तरल अनि अस्थिर यो मन
हल्लै हल्लाको मन्द वतास
अनि पातकी पातको चालसंगै
बारम्बार स्व(स्खलित हुने यो मनलाई
वासनाको तातो रापले
मिलाइदिन्छ माटोमा
अदृश्य वाफ बनाई
मडारिएको बादलभित्र
बिलाईदिन्छ क्षितिजमा
कोक्याउने कर्कले पातमाथिको
त्यो आनन्ददायी स्पर्श
अनि मर्यादाको अस्तित्व
जोगाईराख्ने यो संघर्ष विच
कुण्ठित, विखण्डित, भेद्य
अनि प्रताडित यो मन

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्