कक्षा १२ को नतिजामा मेचीकाली : पहिलो ब्याचमै सतप्रतिशत नतिजा – Kanika Khabar
Friday, June 19Nepali News Portal

कक्षा १२ को नतिजामा मेचीकाली : पहिलो ब्याचमै सतप्रतिशत नतिजा

    मा प्रकाशित

दाङ । दाङको घोराहीस्थित मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुलले कक्षा १२ नतिजा सतप्रतिशत ल्याएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजा अनुसार मेचीकालीले पहिलो ब्याचको नतिजामा सतप्रतिशत नतिजा ल्याएको हो ।
“आजको यो सफलता केवल सतप्रतिशत नतिजामा सीमित छैन, यो हाम्रो विद्यालयको शैक्षिक गुणस्तर, अनुशासन र सामूहिक प्रतिबद्धताको प्रमाण पनि हो। यस उपलब्धिका लागि सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु र आगामी दिनमा अझ उत्कृष्ट नतिजाको अपेक्षा राख्दछु।” विद्यालय व्यवसथापन समितिका अध्यक्ष धर्मबहादुर केसीले बताए ।

“कक्षा १२ मा सतप्रतिशत नतिजा हासिल गर्नु हाम्रो विद्यालय परिवारका लागि गौरवको विषय हो। यो सफलता विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको विश्वासको परिणाम हो। यस उपलब्धिमा योगदान गर्ने सबैलाई हार्दिक धन्यवाद तथा विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछु।” प्रिन्सिपल चक्रबहादुर रावतले बताए ।

“सतप्रतिशत नतिजा केवल अंकको सफलता मात्र होइन, यो विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालयबीचको विश्वास, मेहनत र सहकार्यको उत्कृष्ट उदाहरण हो। यस गौरवपूर्ण उपलब्धिका लागि सम्पूर्ण विद्यालय परिवारलाई धन्यवाद तथा विद्यार्थीहरूलाई हार्दिक बधाई व्यक्त गर्दछु।” कोअर्डिनेटर विष्णुप्रसाद अधिकारीले बताए ।
परीक्षामा विद्यालयबाट सहभागी भएका विद्यार्थीमध्ये पार्वती रेउलेले३.६४ जिपिए प्राप्त गरी विद्यालयमा प्रथम भएकी छिन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्