निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति आवश्यक : श्रेष्ठ – Kanika Khabar
Sunday, August 16Nepali News Portal

निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति आवश्यक : श्रेष्ठ

    मा प्रकाशित

दाङ । नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताएका छन् । नारायणपुर उद्योग वाणिज्य संघको २२ ओैँ साधारणसभामालाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले राज्यले मुलुकको आर्थिक विकास र समृद्धिका लागि निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताएका हुन् ।

उनले उद्योगी–व्यवसायीले भोगिरहेका समस्या समाधान गर्दै लगानीमैत्री वातावरण निर्माण गर्न राज्यले स्पष्ट, स्थिर र व्यवसायीमैत्री नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।

श्रेष्ठले उद्योग तथा व्यवसाय क्षेत्र मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार भएको बताउँदै निजी क्षेत्रले रोजगारी सिर्जना, उत्पादन वृद्धि, राजस्व संकलन तथा आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको भन्दै उनले व्यवसायीका समस्या समाधान गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।

प्रमुख अतिथि श्रेष्ठले भने, ` पछिल्लो समय उद्योगी व्यवसायीहरू विभिन्न आर्थिक तथा नीतिगत समस्याबाट प्रभावित भइरहेका छन् । व्यवसाय सञ्चालनका लागि सहज वातावरण बनाउन राज्यको ध्यान प्राथमिकताका रूपमा जान जरूरी छ। व्यावसायिक नीति निर्माण गर्दा उद्योगी व्यवसायीका वास्तविक समस्या र सुझावलाई सम्बोधन गर्न सके मात्रै लगानीको वातावरण बन्ने छ ।´

श्रेष्ठले राज्य, निजी क्षेत्र र स्थानीय समुदायबीचको सहकार्यबाट मात्रै दिगो आर्थिक विकास सम्भव हुने बताए ।
संघका अध्यक्ष अनिलकुमार बस्नेतको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष बलदेव शर्मा , निवर्तमान अध्यक्ष अभियान बस्नेत, सल्लाहकार विष्णुप्रसाद दाहाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य जानुका केसी, दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ, प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपाने, बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मिराज खड्का, गढवा उद्योग वाणिज्य संघ गढवाका अध्यक्ष ओम प्रकाश बत्स्याल, नेकपा एमाले घोराही उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष तिलक महरा, नारायणपुर खानेपानीका अध्यक्ष कुलप्रसाद रजौरे, बाल कल्याण मावि खैराकी प्रधानाध्यापक श्यामा रावत, ज्ञानज्योति प्रोग्रेसिभ स्कुलका प्रिन्सिपल विजय गौतम, सरीता देवकोटा, बस्तुगत समिति अन्तर्गत हार्डवेयर व्यवसायी समितिका संयोजक अशोक शर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्मान तथा पुरस्कार
शिक्षा क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले संघले हरेक वर्ष आफ्नो क्षेत्रभित्रका एस.ई.ई.मा सर्वोत्कृष्ट हुने सामुदायिकबाट एक छात्र र एक छात्रा तथा संस्थागत विद्यालयबाट एक छात्र र एक छात्रालाई सम्मान गर्ने गरेको छ । शैक्षिक सत्र २०८२ को एस.ई.ई.का सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट छात्र ३.९१ जिपिए प्राप्त गर्ने श्री जनजागृति मा.वि.का समिर बिष्ट क्षेत्री र सर्वोत्कृष्ट छात्रा ३.९० जिपिए प्राप्त श्री सिद्घ रत्ननाथ मा.वि.की आयुष्मा न्यौपानेलाई सम्मान गरिएको छ । त्यस्तै संस्थागत विद्यालयतर्फ सर्वोत्कृष्ट छात्रहरु ४.० जिपिए प्राप्त स्वर्गद्वारी बोर्डिङ स्कुलका ४ जिपिए प्राप्त गरेका प्रयास बस्नेत र सफल खड्का र सर्वोत्कृष्ट छात्राहरु ३.९६ जिपिए प्राप्त श्री पशुपति विद्याश्रमका कोमल सिं रैदास र लक्ष्मी चौधरीलाई सम्मान गरिएको थियो ।

व्यवसायिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गरेवाफत संघको कार्य क्षेत्रका दुई जना व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिदै यस पटक घोराही १०, नारायणपुरमा रहेको मानव कल्याण समाज (सेवाघर) की संयोजक अभियन्ता सुष्मिता श्रेष्ठ र लामो समयदेखि नारायणपुरमा निरन्तर व्यवसाय गर्दै आएका कमल प्रसाद डाँगीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संघका महासचिव जागेश्वर डाँगी (विष्णु) ले साङ्गठनिक प्रतिवेदन र काोषाध्यक्ष नारायण भट्टराई `लेकिन´ ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संघका उद्योग उपाध्यक्ष बसन्त न्यौपानेको स्वागत मन्तव्यबाट कार्यक्रमको शुभारम्भ भएको थियो । वाणिज्य उपाध्यक्ष कुलराज खनालले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण महासचिव जागेश्वर डाँगी (विष्णु) ले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्