पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोड घाटा – Kanika Khabar
Sunday, August 16Nepali News Portal

पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोड घाटा

    मा प्रकाशित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेकाले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न नसकिएको निगमले जनाएको छ।

भारतीय आयल निगमबाट साउन ३० गते प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिले साउन ३१ गते मूल्य यथावत राख्ने निर्णय गरेको हो ।

निगमका अनुसार डिपो तथा कार्यालयबाट १५ किलोमिटर क्षेत्रसम्मका लागि पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम गरिएको छ । त्यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पनि पहिलो वर्गमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम गरिएको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल पर्छन् ।

निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्दा पनि पाक्षिक रूपमा ८१ करोड ३५ लाख घाटा हुने जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्