पछिल्लो तीन दिन मेरो अहिलेसम्मकै बढी निन्दा भयो, भोली जवाफ दिन्छु- गगन थापा – Kanika Khabar
Sunday, August 16Nepali News Portal

पछिल्लो तीन दिन मेरो अहिलेसम्मकै बढी निन्दा भयो, भोली जवाफ दिन्छु- गगन थापा

    मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले सोमबार संस्थापन इतर पक्षको भेला बारे पार्टी कार्यालयमा बोल्ने बताएका छन् ।

राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले गएको तीन दिन आफ्नो अहिलेसम्मकै धेरै निन्दा भएको सुनेको बताए । उनले भने- ‘मैले यो धर्तीमा जन्मेदेखि आजसम्म मेरो जति निन्दा भएको त्यति गएको तीन दिनमा भएको छ ।’ उनले सोमबार पार्टी कार्यालयमा संचारकर्मीहरुलाई बोलाएर चुनदेवी भेला बारे बोल्ने बताए ।

काँग्रेसको संस्थापन इतर पक्षले तीन दिनसम्म राष्ट्रिय भेला गर्दै संस्थापन पक्षलाई चुनौती दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्