दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र न. २(१) ले नेपालीहरूको महान् पर्व विजया दशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै सामाजिक सद्भाव, आपसी एकता र भाइचारालाई थप सुदृढ बनाउन आह्वान गरेको छ।
सभापति शिशिर अधिकारी र सचिव भुवन गौतमद्वारा जारी शुभकामना सन्देशमा विजयादशमीले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, शान्ति र नयाँ उत्साह सञ्चार गरोस् भन्ने कामना गरिएको छ।
सन्देशमा चाडपर्व नेपाली समाजको मौलिक संस्कृति, परम्परा र पहिचानका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस्ता पर्वले परिवार, समाज र समुदायबीच आत्मीयता बढाउनुका साथै आपसी सद्भाव, सहिष्णुता र सहकार्यको भावना विकास गर्ने विश्वास व्यक्त गरिएको छ।
विजयादशमीले सत्यको विजय, अन्यायमाथि न्याय र सकारात्मक परिवर्तनको सन्देश प्रवाह गर्ने उल्लेख गर्दै सबैलाई आपसी मतभेदभन्दा माथि उठेर सामाजिक एकता, सहअस्तित्व र सद्भाव कायम गर्न प्रेरित गरोस् भन्ने कामना गरिएको छ।
नेपाली कांग्रेस दाङ क्षेत्र न. २(१) ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक र आम नागरिकमा विजया दशमीको शुभकामना व्यक्त गरेको छ।


