काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने भएका छन् ।
शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले शुभ साइत १०स्२६ मिनेटमा गुरू पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
विगतमा वर्षहरूमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने गरेको भएपनि गत वर्षदेखि मुलुकले विषम परिस्थितिको सामना गर्नु परेको र शान्तिपूर्ण तथा हर्षोउल्लासको वातावरण नभएको हुँदा उक्त कार्यक्रम गरिएको छैन ।


