दसैँले सामाजिक सद्भाव र पारिवारिक आत्मीयता अझ प्रगाढ बनाओस् : देवकोटा – Kanika Khabar
Wednesday, October 21Nepali News Portal

दसैँले सामाजिक सद्भाव र पारिवारिक आत्मीयता अझ प्रगाढ बनाओस् : देवकोटा

    मा प्रकाशित

दाङ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य अनिता देवकोटाले विजया दशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेकी छन् ।

देवकोटाले दसैँले परिवार, आफन्त र समाजबीचको सम्बन्धलाई थप आत्मीय बनाउँदै आपसी विश्वास, सद्भाव र एकताको भावना बलियो बनाउने विश्वास व्यक्त गरेकी छन् । उनले चाडपर्वलाई केवल उत्सवका रूपमा मात्र नभई पारिवारिक मिलन, सामाजिक सद्भाव र मानवीय सम्बन्धलाई नवीकरण गर्ने अवसरका रूपमा लिनुपर्ने सन्देश दिएकी छन् ।

विजया दशमीले असत्यमाथि सत्य, अन्यायमाथि न्याय र निराशामाथि आशाको विजयको सन्देश दिने उल्लेख गर्दै उनले समाजमा विद्यमान विभेद, वैमनस्यता र निराशालाई अन्त्य गरी सकारात्मक सोच र सहकार्यको संस्कार विकास गर्नुपर्नेमा जोड दिएकी छन् ।

उनले दसैँको सांस्कृतिक तथा सामाजिक महत्त्वलाई आत्मसात् गर्दै मौलिक परम्परा, संस्कार र संस्कृतिको संरक्षण गर्न तथा नयाँ पुस्तामा यसको महत्त्व हस्तान्तरण गर्नसमेत आग्रह गरेकी छन् ।

देशमा शान्ति, स्थायित्व, समृद्धि र सामाजिक न्यायको आकाङ्क्षा पूरा हुँदै जाओस् भन्ने कामना गर्दै देवकोटाले दसैँले सबैमा नयाँ ऊर्जा, उत्साह र सकारात्मक परिवर्तनको प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गरेकी छन् ।

उनले विजया दशमीले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ प्रगाढ बनाउँदै सुख, शान्ति, सुस्वास्थ्य र समृद्धि ल्याओस् भन्ने कामनासमेत गरेकी छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्